Blog

Go to next/previous page

तिनि नै हुन तिम्री बुहारी,कुरा बुझ्नुस न बा।

तिनि नै हुन तिम्री बुहारी,कुरा बुझ्नुस न बा।
संधै यहि कुरामा हुन्छ जुहारी, कुरा बुझ्नुस न बा।
.
जमनाले कोल्टे फेर्यो उ बेला जस्तो हैन,
बाँच्नु पर्ने ईच्छाहरु मारी,कुरा बुझ्नुस न बा।
.
ओल्लो घरमा दु:ख पर्दा पल्लो घरलाई सम्झिनी हो,
बोलाउने हाम्लेनै हो गुहारी,कुरा बुझ्नुस न बा।
.
बिज्ञानको युग हो यो, जातको कुरा त्यग्नु पर्छ,
सोच्नुस त जुँगा मुसारी, कुरा बुझ्नुस न बा।
.
सुहाग रातमा सेतो तन्ना बिच्याउथे रे पहिले,
शन्का मान्न पर्दैन,छिन कुमारी कुरा बुझ्नुस न बा।
.
नाति नातिना वरिपरि,उठ्न बस्न सक्नु हुन्न तपाईं,
बुढेस्काल मा बस्छिन, सिहारी कुरा बुझ्नुस न बा।
.
तिनि नै हुन तिम्री बुहारी,कुरा बुझ्नुस न बा।
संधै यहि कुरामा हुन्छ जुहारी, कुरा बुझ्नुस न बा।

Leave Your Comments